काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ४५औं शाखा उदयपुरको रामपुरमा संचालनमा आएको छ । बैंकले बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ उदयपुर जिल्लाको बेलका नगरपालिका बडा नं ९ अन्तर्गत रामपुर बजारमा नयाँ शाखाको भाद्र ३१ गते आइतबार औपचारिक उद्धघाटन सम्पन्न गरेको हो ।
उक्त शाखाको उद्धघाटन प्रमुख अतिथी बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरेका थिए । आर्थिक र व्यापारिक दृष्टिकोणले तिब्र विस्तार हुँदै गएको रामपुर बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्ने भएको छ ।
साथै ग्राहकहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा स्मार्ट मोवाईल बैंकिङ, भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card, रेमिटान्स सेवा लगायतका अधिकांश बैंकिङ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय रामपुरबाट प्रदान गरिने जनाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्