×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यालेक्सी फाेरके टेलिभिजनका सञ्चालक जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी, सहकारीका बचतकर्ताको अरवौं ठगेको आरोप

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्यालेक्सी फाेरके टेलिभिजनका सञ्चालक जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी, सहकारीका बचतकर्ताको अरवौं ठगेको आरोप

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी ठगी प्रकरणमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब १ हजार बचतकर्ताको उजुरीपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । करिव सवा १ अर्ब रूपैयाँ हाराहारी ठगी गरेकाे अभियोगमा अनुसन्धानका लागि पक्राउ गर्न उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
हाल सूर्यदर्शनकाे अध्यक्षमा थानबहादुर बुढा अध्यक्ष छन् । सहकारीको कोषाध्यक्षमा आफु ग्यालेक्सी टिभीकै संचालक बताउने कुमार रम्तेल छन् । जिबी ग्यालेक्सी फाेर के टिभीका सञ्चालक र रम्तेल त्यसैमा संलग्न छन्।  उनीहरुमध्ये दुबै प्रहरीको निगरानीमा रहेको पनि कोहि पनि पक्राउ नपरेको बताइएको छ ।
सहकारी ठगी प्रकरणमा हाकिमहरु भूमिगत प्राय: भएपछि ग्यालेक्सी टेलिभिजनमा समेत तलवको समस्या देखिएको छ । लामो समयदेखि टेलिभिजनमा कर्मचारीहरुले तलव पाएका छैनन् । अव राई र रम्तेल पक्राउ परेपछि टेलिभिजन चल्छ वा केदार शर्मा पक्राउ पर्दा अर्थ न्युज टेलिभिजन बन्द भएजस्तै ग्यालेक्सी पनि बन्द हुन्छ भन्ने विषय भने अझै अन्यौलको विषय बनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: