×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्साइडर ट्रेडिङको आरोपमा गुरु न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा चलाउने तयारी, अव के हुन्छ ?

PRIME CA

इन्साइडर ट्रेडिङको आरोपमा गुरु न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा चलाउने तयारी, अव के हुन्छ ?

८ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्धा दायर गर्ने तयारी गरेको छ । सेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा विभागले न्यौपानेविरुद्ध मुद्धा दायर गर्ने तयारी गरेको हो । स्रोतका अनुसार विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्धा दायर गर्ने भएको छ ।

यसअघि न्यौपानेलाई मुद्धा दायर गर्नुपर्ने भनी तयार पारिएको अनुसन्धान प्रतिवेदन रायका लागि विशेष सरकारी वकिल कार्यालयमा पेश गरिएको थियो । हाल मुद्धा चलाउनुपर्ने राय लेखी निर्णयसहितको प्रतिवेदन विभागमा पेश गरिसकिएको छ । योसँगै अब केही दिनमै विशेष अदालतमा मुद्धा दायर गर्नेगरी अभियोगपत्रको तयारी गरिएको छ । स्रोतका अनुसार न्यौपानेले इन्साइडर ट्रेडिङमार्फत आर्जन गरेको सम्पत्ति गैरकानुनी भएको र सो सम्पत्ति जफत हुनुपर्छ भन्ने माग दाबी गरिनेछ ।

२०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए । उनी अध्यक्ष भएकै बेला २०७८ जेठ ४ गते रिडी पावर कम्पनीले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार न्यौपानेले रिडीको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले शेयर किनेका थिए । पछि उनले आफूसँगै भएको समेत गरी रिडीको करिब ४० हजार कित्ता शेयर प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलेको थियो । उनले रैराङको शेयर बिक्रीको निर्णय हुनुभन्दा डेढ महिना अघिदेखि नै धमाधम रिडीको शेयर किनेका थिए । तर, न्यौपानेले निर्णयपछिको एकदेखि तीन महिनाभित्र तिनै शेयर फेरि बेचेका थिए ।

यसो त न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म रिडी हाइड्रोपावर कम्पनीको सेयर १४ पटक खरिद गरेका थिए भने १२ पटक बिक्री गरेका थिए । त्यसबेला न्यौपानेले आफूमात्रै नभएर उनले आफ्नो श्रीमती, छोरा र बुहारीहरुको नाममा रहेको सेयर पनि खरिदबिक्री गरेको पाइएको थियो । हाल सम्पत्ती शुद्धीकरण विभागले न्यौपानेले इन्साइडर ट्रेडिङमार्फत आर्जन गरेको रकम जफत हुनुपर्ने माग गर्दै मुद्धा चलाउने तयारी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: