×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्द्रजात्रा हेर्न वसन्तपुरमा भिआईपीहरुको टोली…(फोटो-कथा)

PRIME CA

इन्द्रजात्रा हेर्न वसन्तपुरमा भिआईपीहरुको टोली…(फोटो-कथा)

११ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा इन्द्रजात्रा हेर्नेहरु घुँइचो लागेको छ । बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी मनाइने इन्द्रजात्रा हेर्न बिहानैदेखि दर्शकहरुको घुँइचो लागेको हो । यसैबीच इन्द्रजात्रा हेर्न बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसहित मन्त्रिहरुको टोली वसन्तपपुर पुगेको छ ।

हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाइने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई वसन्तपुर पुगेका छन् ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, काठमाडौंका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोल वसन्तपुरक्षेत्रमा पुगेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: