×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वसन्तपुरमा इन्द्रजात्राको रौनक… (फोटो-कथा)

PRIME CA

वसन्तपुरमा इन्द्रजात्राको रौनक… (फोटो-कथा)

११ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बिहीबार वसन्तपुर इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रुपमा मनाइने इन्द्रजात्रा हेर्न बिहीबार वसन्तपुर क्षेत्र दर्शकहरुले भरिएको हो । जात्रा हेर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गरिबी निवारण तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लगायत उच्च अधिकारी हनुमानढोका पुगिसकेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि वसन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहण हुनेछ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी लगायतको रथको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

सोही अवसरमा यहाँ हजारौं सर्वसाधारण पनि जात्रा अवलोकन गर्न पुगका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा पनि मनाइँदै आएको छ । विशेषगरी वसन्तपुरमा देखाइने जात्रा विश्वभर चर्चित रहिआएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: