×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा अभिकर्ताको परीक्षा कार्तिकबाट बीमा प्राधिकरणले लिने !

अर्थ सरोकार

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार

PRIME CA

बीमा अभिकर्ताको परीक्षा कार्तिकबाट बीमा प्राधिकरणले लिने !

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा लिने भएको छ । प्राधिकरणले कार्तिक महिनादेखि बीमा अभिकर्ताको परीक्षा अनिवार्य रुपमा लिने भएको हो । 

बीमा अभिकर्ताको परीक्षा लिनेबारे जानकारी प्राधिकरणले सम्पूर्ण जीवन बीमा कम्पनीहरूलाई पठाइसकेको छ । योसँगै अब कार्तिक महिनादेखि बीमा अभिकर्ता बन्न प्राधिकरणले लिने परीक्षा पास गर्नुपर्नेछ । 

त्यस्तै, कार्तिक महिनादेखि प्राधिकरणले अभिकर्ताहरूको परीक्षा सञ्चालन गर्ने हुँदा असोज २५ गतेदेखि आएराएमएस सिस्टममा अभिकर्ता दर्ता प्रक्रिया बन्द गरिनेसमेत प्राधिकरणले जनाएको छ । 

यसो त बीमा ऐनमा पनि बीमा मध्यस्थकर्तालाई इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा पास गर्नुपर्ने व्यवस्था रहेको छ । सोही ऐनमा टेकेर प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको हो । योसँगै अब प्राधिकरणले लिने परीक्षामा उत्तीर्ण भएपछि मात्रै कुनै पनि बीमा कम्पनीको बीमा अभिकर्ता बन्न पाइनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: