काठमाडौं । मुस्तातङको बाढी ग्रस्तक्षेत्र कागबेनी पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्तीलाई पहिले भन्दा व्यवस्थित र उन्नत ढंगले पुर्ननिर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थलगत निरिक्षण गर्न पुगेका गृहमन्त्री श्रेष्ठले कागबेनीमा बाढीले क्षति पु¥याएका भवन, सडक, पुललगायतका भौतिक संरचनाको महत्व र तत्कालको आवश्यकताको आधारमा तीनै तहका सरकार सँग समन्वय गरी मुख्य योजना बनाएरै पुर्ननिर्माणमा लाग्ने बताए ।
‘तत्कालै गर्नुपर्ने केही कामहरु र कागबेनी बस्तीको पुर्ननिर्माणको कामलाई मुख्य योजनामा पार्ने छौँ ।’, उनले भने, ‘पुननिर्माणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका संयन्त्रसँग समन्वयात्मक ढंगले काम अगाडि बढाइनेछ । त्यसमा हामी गम्भीर रुपमा लाग्ने छौ ।’
मुस्ताङ धार्मिक र पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताएका श्रेष्ठले त्यहाँको भौतिक संरचनाको पूर्ननिर्माण गर्दा पहिलेको भन्दा व्यवस्थित र उन्नत बनाउने जिकिर गरेका छन् । गत साउन २८ गते गेगरसहित गएको बाढीका कारण त्यहाँ ठुलो क्षति भएको थियो । तस्विरमा हेर्नुहोस् गृहमन्त्री श्रेष्ठद्धारा कागबेनी क्षेत्रको अनुगमनः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्