काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गका अनधिकृत संरचनामा डोजर चलाएको छ । मंगलबार महानगरले प्रदर्शनी मार्गस्थित पर्यटन भवन नजिकै अनधिकृत रुपमा निर्माण गरिएको संरचनामा डोजर चलाएको हो ।
वर्षौंदेखि सार्वजनिक जग्गामा पैदलयात्रीलाई असहज हुने गरी राष्ट्रिय सभा गृहको विपरित दिशामा रहेका केही टहराहरुमा डोजर चलाएको महानगर प्रहरीले जनाएको छ । पटक–पटक संरचना हटाउन ताकेता गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाउनु परेको महानगरले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः