×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाडीमा पोखरा जाँदैहुनुहुन्छ ? बाटो त ‘ध्वस्तै बिग्रेको छ’ है ! (फोटो-कथा)

PRIME CA

गाडीमा पोखरा जाँदैहुनुहुन्छ ? बाटो त ‘ध्वस्तै बिग्रेको छ’ है ! (फोटो-कथा)

१८ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या घट्दो छ । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडकखण्ड विस्तारको कामका कारण पनि पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या घटेको सहजै अनुमान गर्न सकिन्छ ।

अहिले मुग्लिन–पोखरा सडकखण्ड एशियाली विकास बैंक (एडिबी)को करिब २२ अर्ब ऋण सहयोगमा दुई लेनबाट ४ लेनमा विस्तार हुँदैछ । सोही निर्माण कार्यका कारण अहिले मुग्लिन–पोखरा सढकखण्डमार्फत यात्रा गर्नेहरुको यात्रा निकै कष्ठकर हुनेगर्छ । यसो त मुग्लिनदेखि पोखरासम्मको यात्रा करिब २ घण्टाको हो । तर, अहिलेकै स्थितिमा मुग्लिनदेखि पोखरा पुग्न न्यूनतम ५ देखि ६ घण्टा लाग्छ ।

पहिरो, खाल्डाखुल्डी, निर्माणका लागि बनाइएका ‘डाईभर्सन’ तथा घण्टौंसम्म पर्ने जामका कारण अहिले सडकमार्फत पोखरा जाने यात्रुहरु मर्कामा परेका छन् । यही कारण पनि धेरैजसो पर्यटकहरुले घुमफिरका लागि अहिले पोखराको विकल्प खोज्न थालेका छन् ।

खराब बाटोका कारण अहिले गाडीमा पोखरा जानेहरुको संख्या ह्वात्तै घटेको छ । समयमा सडक निर्माण हुन नसकेपछि आन्तरिक पर्यटकको संख्या घटेको स्वयम् पोखराका व्यवसायीहरुले बताएका छन् । खराब सडककै कारण अहिले पोखरामात्र होइन सो सडकखण्डमार्फत पुगिने विभिन्न गन्तव्यको पर्यटन व्यवसाय प्रभावित बनेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: