×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यमन्त्रीको ‘वेतलवी सल्लाहकार’ बन्न मेनेजर खड्काले नबिल बैंक छोडे, योग्यतामै प्रश्न, उद्देश्य नै ‘शंकास्पद’ !

PRIME CA

स्वास्थ्यमन्त्रीको ‘वेतलवी सल्लाहकार’ बन्न मेनेजर खड्काले नबिल बैंक छोडे, योग्यतामै प्रश्न, उद्देश्य नै ‘शंकास्पद’ !

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा अनुभव नै नभएका एक पूर्वबैंकर २२ वर्षअघि बस्नेत स्वास्थ्य राज्यमन्त्री भएको समयमा पनि सचिवालयमा बसेर काम गरेकै ‘खोक्रो अनुभव’का अधारमा स्वास्थ्यमन्त्रीका अवैतनिक जनस्वास्थ्य सल्लाहकार नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री बस्नेतको प्रस्तावमा असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले नबिल बैंकका पूर्वकर्मचारी विश्वरुप खड्कालाई अवैतनिक जनस्वास्थ्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
खड्का नबिल बैंकका घोराही साखा प्रमुख थिए । स्वास्थ्यमन्त्रीले सल्लाहकारका रुपमा नियुक्ति दिने बचन दिएपछि उनी काठमाडौँ आएका थिए । स्वास्थ्यमन्त्रीको जनस्वास्थ्य सल्लाहकार हुन चिकित्सा शास्त्रमा एमडी गरेको वा स्वास्थ्य क्षेत्रमा लामो समय अनुभव भएको हुनुपर्ने प्रावधान छ । तर सो योग्यता नै नपुगेका खड्कालाई मन्त्रीले सल्लाहकार नियुक्त गरेका छन् ।
सल्लाहकारको काम भनेको स्वास्थ्य सम्बन्धि नीति निर्माण तथा कामकारवाहीका विषयमा सल्लाह दिने हो । तर बैंकिङमा लामो अनुभव भएका खड्कालाई स्वास्थ्य क्षेत्रका बारेमा खासै केहि थाहा छैन । तर मन्त्रीले नियुक्ति नै दिईसकेपछि उनी अहिले स्वास्थ्यमन्त्रीका लागि काम गैरहेका छन् ।
अर्को खास कुरा त के छ भने, उनी नबिलमा हुँदा बार्षिक लाखौँ तलव खान्थे । अहिले मन्त्रालयमा उनी कुनै सेवा सुविधा नै नपाउनेगरी नियुक्त भएका छन् । मन्त्रीको कामकाजमा सहजीकारण गर्नका लागि भन्दै नियुक्त गरिएका उनी लाखौँको जागिर छोडेर किन बेतलवी सल्लाहकार हुन आए भन्ने विषयलाई शंकाको रुपमासमेत हेरिएको छ । यद्यपी खड्काले भने आफु मन्त्रीको काम सहज बनाउनका लागि मात्र नियुक्त भएको र नीति निर्माण तथा आवश्यक सल्लाह मन्त्रालयकै कर्मचारी दिने तर्क गर्दै आएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: