×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! कृष्ण मन्दिरमा मयूरको प्वाँख धारण गरेका ‘कनैया’हरु…(फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार

PRIME CA

आहा ! कृष्ण मन्दिरमा मयूरको प्वाँख धारण गरेका ‘कनैया’हरु…(फोटो-कथा)

काठमाडौं । बुधबार देशभर श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रुपमा मनाइएको छ । हिन्दु धर्मावलम्बीहरुले आफ्नो नजिकका कृष्ण मन्दिरहरुमा गई पुजा आराधना, व्रत र भजनकृतन गरी कृष्ण जन्माष्टमी मनाएका छन् । यसैबीच कृष्ण पुजाका लागि प्रख्यात पाटनको कृष्ण मन्दिरमा बुधबार श्रद्धालुहरुको थेगिनसक्नुको भीड लागेको छ ।

चर्को घाममा पनि भक्तजनहरु लामो लाइनमै बसेर भगवान् श्रीकृष्णको पुजा आराधना गरिरहेका छन् । भक्तजनहरुको घुँइचोमा सजिएका भेटिन्छन्, भगवान् श्रीकृष्णको अवतारमा सजिएका साना–साना बालबालिका । आज वास्तवमै पाटन मन्दिरको रौनक यीनै कलिला कृष्णहरुले बढाएका छन् ।

शिरमा मयुरको प्वाँख, हातमा मुरली लिएर राधा–कृष्णको अवतारमा सजिएका कलिला राधा–कृष्ण पाटन मन्दिरको खास आकर्षण बनेका छन् । ‘राधा’को भेषमा सजिएका युवतीहरु संगितमा नाचिरहेका देखिएका छन् भने, कतै ‘कृष्ण’को भेषमा श्रृंगारिएका युवकहरु बाँसुरी र मयुँरको प्वाँख शिरमा धारण गरी घुमिरहेका देखिन्छन् । शुक्रबार काठमाडौंका अधिकांश मन्दिरहरु ‘राधा-कृष्ण’मय बनेका छन् ।पाटनको यही आकर्षणलाई हामीले पनि क्यामरामा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: