×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोटो कथामा हेर्नुहोस् कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीको रौनक (भाग-२)

अर्थ सरोकार

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार

PRIME CA

फोटो कथामा हेर्नुहोस् कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीको रौनक (भाग-२)

काठमाडौं । देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा भक्तिपूर्वक ‘श्रीकृष्ण जन्माष्टमी पर्व’ मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले ज्ञान,भक्ति र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मउत्सव धुमधामका साथ मनाउँदै छन् ।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गरी भक्तिभावले मनाइँदै छ । विशेष गरी महिला, र पुरुष पनि ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

त्यस्तै, पाटनको कृष्ण मन्दिरमा पनि भगवान श्रीकृष्णको पुजा आराधनाका लागि भक्तजनको भिड लागेको छ । राधाकृष्णको पोशाकमा सजिएका बालबालिका र युवा युवती पनि कृष्णको भक्तिमा रमाईरहेका छन् । बाँकि तस्विरमा हेनुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: