×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण जन्माष्टमीः ‘मुरली’ र ‘मयुरको प्वाँख’को व्यापार बढ्यो (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार

PRIME CA

कृष्ण जन्माष्टमीः ‘मुरली’ र ‘मयुरको प्वाँख’को व्यापार बढ्यो (फोटो-कथा)

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा पर्ने श्रीकृष्ण जन्माष्टमीपर्व हर्षोल्लाहसका साथमा मनाइने चलन छ । यो दिन हिन्दु धर्मावलम्वी तथा श्रीकृष्णका भक्तहरु ब्रत बसी, पूजापाठ गरी पर्वलाई उत्साहका साथ मनाउने गर्दछन् । आजकै दिन देशभरका कृष्ण मन्दिरहरुमा हातमा मुरली, शिरमा मयूरको प्वाँख धारण गरेका युवा युवतिहरु प्रशस्तै देखिन्छन् ।

यसैबीच कृष्णजन्माष्टमीको दिन बाँसुरी र मयूरको प्वाँखको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । ‘आजको दिन बाँसुरी–मुरलीको व्यापारमा फाइदा छ । मुरली श्रीकृष्ण भगवान्को चिनारी भएकाले पनि आजको दिन यसको माग बढी हुनेगर्छ ।’ पाटन मन्दिरमा भेटिएका एक मुरली व्यापारीले अर्थ सरोकारसँग भने –‘धेरैजसो साना–साना नानीबाबुले रहरका लागि यो किन्ने गर्छन् । बिहानैदेखी मैले मात्रै झण्डै एक सय बढी मुलरी बेचिसकेको छु । खासमा मुरलीको व्यापार हुने भनेकै आजको दिन हो ।’

त्यस्तै पाटन मन्दिरमै मयूरको प्वाँख बेचिरहेका अर्का व्यापारीले आजको दिन व्यापार बढेको बताएका छन् । ‘मन्दिरमा पूजापाठ गर्न आउने ग्राहहरुले पनि भगवान् श्रीकृष्णलाई चढाउनका लागि मयूरको प्वाँख किन्ने गर्छन्’, उनले भने, ‘आजको दिन सबैभन्दा बढी हुने व्यापार भनेकै मुरली र मयूरको प्वाँखको हो ।’

फोटो फिचरमा हेर्नुहोस् जन्माष्टमीको दिन पाटन मन्दिरमा देखिएको मुरली र मयूरका प्वाँखको व्यापारः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: