×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तमा मनपरी : मरिसकेको मान्छेका नाममा ऋण, पछि मृत्युदर्ता देखाएर ऋण मिनाहा र बीमा दाबी भुक्तानी !

PRIME CA

स्वावलम्बन लघुवित्तमा मनपरी : मरिसकेको मान्छेका नाममा ऋण, पछि मृत्युदर्ता देखाएर ऋण मिनाहा र बीमा दाबी भुक्तानी !

२५ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लघुवित्तमा कर्मचारीको मिलेमतोमा कुन हदसम्म बदमासी हुन्छ भन्ने तथ्यको पछिल्लो उदाहरण अर्थ सरोकारले फेला पारेको छ । यसअघि पनि पटक पटक विवादमा आईरहेको स्वावलम्बन लघुवित्तमा एक कर्मचारीले मरिसकेको मान्छेका नाममा ऋण लिएर आफैँ चलाएको र पछि उनको मृत्यु भईसकेको कागज देखाएर सो ऋणसमेत मिनाहा गरेको पाइएको छ । अझ, ती व्यक्तिले ऋण लिईसकेपछि मृत्यु भएको भन्दै झुटो कागज बनाएर बीमा दाबी भुक्तानीसमेत गरेको पाइएको हो ।
घटना काभ्रेपलाञ्चोकको हो । लघुवित्तको काभ्रेपलाञ्चोकस्थिति साखाबाट संस्थाका सहायक प्रबन्धक भुभन खतिवडाले मृत्यु भईसकेका व्यक्तिका नाममा ऋण प्रवाह गरेका थिए । संस्थाका अनुसार यसरी प्रवाह भएको ऋण उनी आफैँले चलाएका थिए । आफैंले ऋण चलाएको केहि समयपछि सो ऋणीको निधन भएको भनी पछिल्लो मितिमा मृत्यु दर्ता गराई, सो ऋण मिनाहासमेत गरिएको र बीमा दाबी भुक्तानीसमेत खतिवडाकै पहलमा दिलाईएको थियो । यो काममा खतिवडालाई मृत्यु दर्ता बनाईदिने सम्बन्धित वडाका कर्मचारी र मृतक परिवारका केहि आफन्तले समेत सहयोग गरेको संस्थाका अधिकारीहरु बताउँछन् ।
यता संस्थाका जनशक्ति व्यवस्थापन विभाग प्रमुख निलकण्ठ पौडेलले पनि भुभन खतिवडाले गरेको बदमासी प्रमाणित भएपछि उनलाई संस्थाको नियमअनुसार कारवाही गरिएको पुष्टी गरेका छन् । ‘हामीले संस्थाको नियम अनुसार उनलाई कारवाही गरिसकेका छौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पौडेलले भने ।
यसो त खतिवडाले लघुवित्तका ग्राहक सदस्यहरुबाट संकलन गरेको रकममध्ये आधा पैसा आफै चलाउने गरेकोसमेत पाइएको छ । लघुवित्तका विभिन्न सदस्य समूहबाट संकलन गरेको रकमध्ये आधार रकम मात्रै कार्यालयमा दाखिला गरेर बाँकी रकम आफै चलाउने गरेको तथ्य पनि फेला परेपछि रकम हिनामिना गरेको, र संस्थाको नियम विपरित काम गरेको भन्दै उनलाई संस्थाले कारवाहीसमेत गरेको छ ।
लघुवित्तले मिति २०८० बैसाख १४ गते उनलाई बर्खास्त गरिएको भन्दै संस्थाले आफ्ना सम्बन्धित साखाहरुमा पात्राचार गरेको छ । गैरकानुनी रुपमा काम गरी संस्थाको लाखौं रकम भ्रष्टाचार गरेको पाइएकोले निज कर्मचारीलाई बर्खास्त गरिएको पत्रमा उल्लेख छ । संस्थाले खतिवडालाई अन्य वित्तीय संस्थामा काम गर्नसमेत अयोग्य ठहर हुनेगरी कारवाही गरेको छ । यसको अर्थ उनी अव कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न पाउने छैनन् ।
यसो त संस्थाले गैरकानुनी काम गर्ने आफ्ना अन्य थुप्रै कर्मचारीहरुलाई पनि निलम्बन गरेको छ । यसले सो लघुवित्तमा कुनहदसम्म मनपरी हुन्छ भन्ने तथ्यलाई पनि पुष्टी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: