×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तमा कर्मचारीको मनपरी, हाकिमसँग मिलेर ४४ लाख हिनामिना गर्ने कर्मचारी पक्राउ

PRIME CA

लक्ष्मी लघुवित्तमा कर्मचारीको मनपरी, हाकिमसँग मिलेर ४४ लाख हिनामिना गर्ने कर्मचारी पक्राउ

७ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा बचतकर्ताको बचत हिनामिना गरेका प्रकरण सतहमा आउन थालेका छन् । यसै पनि केही समय अघि मात्रै स्वावलम्बन लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लगायतका लघुवित्तमा बचतकर्ताको लाखौं रकम हिनामिना भएको समाचार अर्थ सरोकारले सम्प्रेषण गरेको थियो । त्यसलगत्तै अर्थ सरोकारले लक्ष्मी लघुवित्त वित्तीय संस्थामा पनि संस्थाका कर्मचारीले लाखौँ रुपैयाँ हिनामिना गरेको तथ्य फेला पारेको छ ।

संस्थाको अछामको साँफेबगर नगरपालिकास्थित शाखा कार्यलयमा १ सय २ जना बचतकर्ताको ४४ लाख बढी रकम हिनामिना भएको पाइएको छ । संस्थाका कर्मचारी प्रेमसिंह महराले बचतकर्ताबाट उठाएको रकम संस्थामा जम्मा नगरी आफै चलाउने गरेको पाइएको हो । यसरी हिनामिना गरेको रकम सिंहले अरुलाई ब्याजमा दिने गरेकोसमेत स्रोतले बताएको छ ।

‘महरा संस्थाका सदस्य समूहमा रकम संकलनका लागि फिल्डमा जान्थे । सदस्यबाट संकलन गरेको रकम उनी आफै चलाउँथे ।’, स्रोतले भन्यो, ‘यो विषय संस्थाका शाखा प्रमुखलाई पनि थाहा थियो । तर, खासै कुनै चासो दिँदैनथे ।’ 

प्रेमले यसरी गर्ने रकम हिनामिनामा संस्थाका तत्कालीन शाखा प्रमुख गोकर्ण प्रसाद अवस्थीले पनि सघाउने गरेको स्रोतको दाबी छ । यता संस्थाका जनरल हेड दिलिप शर्माले पनि उक्त प्रकरणमा अवस्थीको संलग्नता देखिएको स्विकार गरेका छन । ‘मिलेमतो भन्दा पनि केहि रकम तत्कालीन शाखा प्रमुख अवस्थीले चलाएको देखिएको थियो । उनले चलाएको करिब ८ लाख रुपैयाँ फिर्ता पनि गरिसके ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘बचतकर्ताको रकम हिनामिना गरेको थाहा पाएपछि उनलाई संस्थाबाट निकालिसकेका छौँ । उनिविरुद्द पनि अहिले अदालतमा मुद्दा चलिरहेको छ ।’  

के भन्छ प्रहरी ?
यसो त संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका कर्मचारी प्रेमसिंह महरालाई पक्राउ पनि गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले पनि लक्ष्मी लघुवित्तका कर्मचारी पक्राउ परेको पुष्टि गरेका छन् ।

लघुवित्तमा बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ गरि पुर्पक्षका लागि कारागार चलानसमेत गरिसकिएको डिएसपी पाठकले बताएका छन् । ‘हामीकहाँ बचतकर्ताहरुले रकम ठगिएको भन्दै जाहेरी नै दिनुभएको छ । सोही जाहेरीका आधारमा पक्राउ गरिएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अहिले ती कर्मचारीलाई पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ । अदालतमा मुद्धा विचाराधीन छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: