काठमाडौं । एनआईसी एशिया बैंकबाट दिनदाहाडै ग्राहकको रकम लुटिएको छ । महोत्तरीमा बैंकबाट रकम झिकेर फर्किदै गर्दा गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमतीको साथबाट फिल्मी शैलीमा ६ लाख ३६ हजार रुपैयाँ लुटिएको हो ।
ओखलढुंगामा रहेका ज्वाइँले एनआइसी एसिया बैंकको गौशाला शाखामा पठाएको रकम झिक्न महतो र उनकी श्रीमती बैंक पुगेका थिए । तर, रकम झिकेर फर्किदै गर्दा अज्ञात युवकले उनीहरुलाई झुक्याएर रकम लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले बताएका छन् ।
मल्लका अनुसार मोटरसाइकलमा सवार एक युवकले बैंकमा डकुमेन्टको काम बाँकी छ भन्दै झुक्याएर रकम लुटेका हुन् । ‘बैंकबाट रकम झिकेर फर्किदै गर्दा बीचबाटोमा एक युवकले बैंकको मान्छे हुँ, बैंकमा डकुमेन्टको काम बाँकी छुटेछ भन्दै पैसाको झोला बोकेकी बुढी आमालाई बाइकमा बसाएर लगेछ र पैसा लुटेछ ।’, एसपी मल्ले भने, ‘लुट्ने व्यक्तिको पहिचान खुलेको छैन । अनुसन्धान र खोजीकार्य भइरहेको छ ।’
तर, लुटेवा सवार मोटरसाइकलको नम्बर भने पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्