×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे सहकारीमा सञ्चालकको बदमासी, ४ जना मिलेर ९ करोड हिनामिना, अधिकांश लगानी असुरक्षित ! 

अर्थ सरोकार

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार

PRIME CA

माछापुच्छ्रे सहकारीमा सञ्चालकको बदमासी, ४ जना मिलेर ९ करोड हिनामिना, अधिकांश लगानी असुरक्षित ! 

काठमाडौं । माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा करोडौं हिनामिना भएको खुलासा भएको छ । विराटनगरको उक्त सहकारीमा संस्थाका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको ९ करोड बढी रकम हिनामिना गरेको खुलासा भएको हो । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीमा ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँ हिनामिना भएको पुष्टि गरेको छ । 

हाल उक्त सहकारीका अध्यक्ष अमलेशकुमार कर्ण सहितका सञ्चालक भने सम्पर्कविहीन छन् । बचतकर्ताको करोडौं रकम हिनामिना गरी सञ्चालक नै भागेपछि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले चार सदस्यीय छानविन समिति बनाएको थियो । उक्त समितिले सहकारीका अध्यक्ष अमलेशकुमार कर्णसहितका चार जनाले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । 

यसरी हिनामिना भएको रकममध्ये आधा रकम सहकारीका पूर्वसचिव अमित कार्कीले तिर्नुपर्ने देखिएको छ । समितिले बुझाएको प्रतिवेदन अनुसार उनले ४ करोड ७३ लाख ७४ हजार ९ सय ५६ रुपैयाँ हिनामिना गरेको पाइएको छ । त्यस्तै, सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाले १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ, सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २ सय ७५ रुपैयाँ हिनामिना गरेको पाइएको छ । योसँगै सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको पाइएको छ । 

यसो त उक्त सहकारीले प्रवाह गरेको एक करोड ५१ लाख १० हजार २ सय ३८ रुपैयाँ कर्जामध्ये अधिकांश ऋण बिना धितो प्रवाह गरेको समेत समितिको प्रतिवेदनमा उल्लेख छ । 

हाल सहकारीमा रकम जम्मा गरेका बचतकर्ताहरु आफ्नो बचत फिर्ताको माग गर्दै दिनहूँ सहकारी धाउन थालेका छन् । तर, टाँट पल्टिने अवस्थामा पुगेको सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि थप समस्या देखिएको छ । यद्यपि सहकारीका सञ्चालकहरुले बचतकर्ताको बचत फिर्ता गर्ने दाबी गर्दै आएका छन् । तर, सञ्चालकबीच नै विवाद देखिएपछि हालसम्म पनि बचतकर्ताको बचत फिर्ता भने गरिएको छैन ।

हाल सहकारीका अध्यक्ष कर्णसहितका सञ्चालकको सम्पत्ति रोक्का गरिएको छ । सहकारीले बचतकर्ताको रकम तत्कालै फिर्ता नगरे कानुनी प्रक्रियामा अघि बढ्ने प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले बताएका छन । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: