काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री मेटमनी चौधरी कालोसूचीमा परेका छन् । एक व्यक्तिलाई दिएको एभरेष्ट बैंकको पाँच लाख रूपैँयाको चेक नसाटिएपछि उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो । साउन १५ गतेदेखि उनी कालोसूचीमा परेका हुन् ।
रिक्वेष्ट आईडी २८२४ ले उजुरी हालेपछि चौधरी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका हुन् । कालोसूचीमा परेसँगै हाल उनका सबै बैंक खाता रोक्का भएका छन् ।
यता चौधरीसँग सम्पर्क गर्दा उनले कुरा मिलिसकेको दाबी गरे ।