×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तमा ‘ट्याक्टर काण्ड’ : श्रीमतीको कम्पनीलाई गैरकानुनी ऋण दिएको पुष्टी भएपछि अध्यक्ष निकालिए

PRIME CA

मिर्मिरे लघुवित्तमा ‘ट्याक्टर काण्ड’ : श्रीमतीको कम्पनीलाई गैरकानुनी ऋण दिएको पुष्टी भएपछि अध्यक्ष निकालिए

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेकबहादुर बोहोरालाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । वित्तीय स्वार्थ रहेको कम्पनीमा ऋण स्वीकृत तथा प्रवाह गरी नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७८ को निर्देशन नं ६ को बुँदा नं १ को २ (क) र (ख) मा भएको व्यवस्था क्रमशः संस्थाको हित विपरितको कार्य तथा वित्तीय स्वार्थ हुने कार्यमा संलग्न देखिएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २३ को व्यवस्थाको समेत उल्लंघन गरेको ठहर गर्दै राष्ट्र बैंकले बोहोरालाई कारवाही गरेको हो । बोहोराले आफ्नी श्रीमतीको नाममा रहेको सौगात ट्रेड एण्ड सप्लायर्सलाई संस्थाले तोकेको सिमाभन्दा बढी ऋण स्वीकृत तथा प्रवाह गरेको पाइएपछि राष्ट्र बैंकले उनलाई १५ दिने स्पष्टिकरणपत्र थमाएको थियो । स्पष्टिकरण चित्त नबुझेपछि बोहोरालाई राष्ट्र बैंकले ५ लाख नगद जरिवाना गरेको हो । राष्ट्र बैंकको यो कारवाहीसँगै अव बोहोरा कुनै पनि बैंक तथा वित्तीय संस्थामा ५ बर्षसम्मका लागि अध्यक्ष बन्न पाउने छैनन् ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम तपाईंलाई ५ लाख रुपैयाँ जरिवाना किन नगर्ने ? यस विषयमा स्पष्टिकरण पेश गर्नु होला ।’ भनी १५ दिनको समयसिमा दिएर सोधिएको स्पष्टिकरण पत्रको जवाफ दिँदै अध्यक्ष बोहोराले सो कम्पनी आफ्नो श्रीमतीको नाममा रहेको र यसमा कसलाई कर्जा दिने भन्ने काम आफ्नो भन्दा पनि कर्मचारीको निर्णय भएकोले आफ्नो गल्ती नरहेको दाबी गरेका थिए । तर उनको जवाफ चित्तबुझ्दो नभएको र एकासगोलको परिवार संचालक भएको कम्पनीमा लघुवित्तका अध्यक्ष भएको संस्थाले ऋण सिमा नाघेर ऋण प्रवाह गर्नु संस्थागत सुशासनबाहिरको काम भएको निष्कर्षसहित राष्ट्र बैंकले उनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गराउने गरेको हो । यो कारवाहीसँगै मिर्मिरेभित्र हुने गरेको संस्थागत सुशासनहीनताको कामसमेत छताछुल्ल भएको छ ।
गल्ती गर्ने आफु, दोष दिने राष्ट्र बैंकका कर्मचारीलाई !
प्रचलित बैंक तथा वित्तीय संस्था ऐन र नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिका विपरित काम गरेको ठहरसँगै नेपाल राष्ट्र बैंकले कारवाही गरेपछि यतिबेला संस्थाका पूर्व अध्यक्ष बोहोरा आफुलाई घुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपालले इगो साँधेर कारवाही गरेको बताईरहेका छन् । जवकी आफुलाई बचाईदिन भन्दै उनले पटक पटक राष्ट्र बैंक पुगेर नेपालसँग अनुरोध गरेका थिए । फाइल अध्ययनका क्रममा बोहोराले गल्ती गरेको स्पष्ट देखिएकाले छुट दिन नसकिने भन्दै नेपालले कारवाही प्रक्रिया अगाडी बढाएपछि अहिले बोहोरा नेपाल र आफ्ना सीइओ सँगै बसेको, उनीहरुको सम्बन्ध राम्रो भएको लगायतका कारण देखाएर आफ्नो गल्ती ढाकछोप गर्न खोजिरहेको राष्ट्र बैंकका अधिकारीहरुको तर्क छ । आफुले गल्ती गरेको प्रमाणित भएपछि राष्ट्र बैंकले गरेको कारवाही गलत देखाउन अहिले बोहोरा आफैंले संस्थामा ल्याएका सीइओ पुष्करराज जोशीलाईसमेत दोष दिईरहेका छन् । जोशी संस्थागत सुशासनलाई विशेष ख्याल गर्ने मान्छे भएको ब्रिफिङ गराएर बोहोराले नै उनलाई सीइओका रुपमा संस्थामा भित्र्याएका थिए ।
अव के हुन्छ ?
मिर्मिरे लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्ष बोहोराकी आफ्नै श्रीमती जननी केसीका नाममा संचालित सौगात ट्रेड एण्ड सप्लायर्सबाट लघुवित्तका ३६ जना ऋणी सदस्यहरुले मिर्मिरेबाट नै कर्जा लिएर सोही कम्पनीबाट ट्याक्टर खरिद गरेका थिए । अर्थात, ती सदस्यहरुले संस्थाबाट लिएको ऋणबाट संस्थाकै अध्यक्षकी श्रीमतीको कम्पनीलाई लाभ देखिएको राष्ट्र बैंकको ठहर छ । प्रचलित कानुनले श्रीमतीलाई एकासगोलको परिवारको रुपमा व्याख्या गर्छ । श्रीमतीलाई हुने लाभमा बोहोरा स्वयम् संलग्न रहेको राष्ट्र बैंकको ठहर छ । तर पूर्वअध्यक्ष बोहोराले भने त्यसमा आफ्नो नियत गलत नभएको दाबी गर्दै स्पष्टीकरण पठाएका थिए ।
कसलाई ऋण दिने भनेर स्वीकृत गर्ने भन्ने अधिकार सञ्चालकलाई नरहेको, कर्जाबारे अध्ययन गर्ने र कर्जा स्वीकृत गर्ने जिम्मेवारी लघुवित्तका कर्मचारीहरुको भएको र सो ऋणको जिम्मा पनि व्यवस्थापनले लिनुपर्ने भन्दै उनले स्पष्टिकरण पत्रको जवाफ पठाएका थिए ।
राष्ट्र बैंककोकारवाही फिर्ताको माग गर्दै बोहोराले यतिबेला अदालतको बाटो रोजेका छन्। तर यसअघिका यस्तै केसमा पनि अदालतले राष्ट्र बैंकलाई नै केस जिताएको नजिर छ । उनी स्वत: पदमुक्त भएपछि मिर्मिरेमा संस्थाका संचालक संजय श्रेष्ठलाई अध्यक्ष चयन गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: