×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

मोरक्कोमा शक्तिशाली भूकम्पः मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, नागरिकको बिचल्ली, सडकमै बास…(फोटो-कथा)

SAGARMATHA CEMENTS

काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको २ हजार भन्दा बढी पुगेको छ । शुक्रबार राती गएको ६.८ म्याग्नेच्युट भूकम्पमा परी मोरक्कोमा २ हजार भन्दा बढीले ज्यान गुमाएको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भूकम्पमा परी कम्तीमा एक हजार ४ सय जना गम्भीर घाइते भएका छन् । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

अचानक आएको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर, सडक तथा खुला चौरमा त्रिपाल टाँगेर बसिरहेका छन् । भूकम्पका कारण सयौं संरचनाहरु ध्वस्त भएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् । भूकम्पका कारण मोरक्कोमा ठूलो क्षति भएपछि हाल विभिन्न देशहरुले मोरक्कोलाई भौतिक तथा आर्थिक सहयोग गर्ने घोषणासमेत गरेका छन् । मोरक्कोमा भूकम्पले पुर्याएको क्षतिलाई हामीले एजेन्सीका माध्यमबाट तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal