×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४० वर्षअघि चोरिएको परशुराम मुर्ति बेल्जियमको लिलामी गृहमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

४० वर्षअघि चोरिएको परशुराम मुर्ति बेल्जियमको लिलामी गृहमा

Artha Sarokar

११ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पशुपति मन्दिर परिसरबाट चोरि भएको परशुरामको मूर्ति बेल्जियममा भेटिएको छ । ४० वर्षअघि चोरिएको ११औँ शताब्दीको उक्त मूर्ति बेल्जियमको एक लिलामी गृहमा भेटिएको हो ।

बेल्जियममा भेटिएको उक्त मूर्ति २०२० नोभेम्बरमा युरोपभर अनलाइन कारोबार गर्ने ‘काटाविकी अक्सन’मा बिक्री भएको पाइएको ‘लस्ट आर्टस् अफ नेपाल’ अभियानले जनाएको छ । उक्त अभियानका अनुसार उक्त मूर्ति २०४० सालको आसपासमा पशुपतिनाथ क्षेत्रको रुद्ररागेश्वरबाट चोरिएको थियो ।

राजा महेन्द्रले २०१७ सालमा गठन गरेको उपत्यकान्चल तात्कालीक सुधार समितिमार्फत उपत्यकाका धेरै मठमन्दिरहरुको संरक्षण तथा संवद्र्धन गरिएको थियो । त्यसबेला रद्ररागेश्वरको परशुराम पनि मर्मतसम्भारमा परेको थियो । तर, २०४० सालपछि उक्त परशुरामको मूर्ति एकाएक गायब भएको थियो । जुन मूर्ति हाल बेल्जियममा भेटिएको छ ।

‘लस्ट आर्टस अफ नेपाल’ अभियानका अनुसार बैंककमा बस्ने सम्पदाप्रेमी विद्यार्थी निश्चल श्रेष्ठले पशुपति क्षेत्रबाट हराएको उक्त मूर्ति बेल्जियमको लिलामी गृहमा भएको आधार पत्ता लगाएका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी