×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकका ५० जना सिनियर कर्मचारीले जागिर छोड्दै !

PRIME CA

नबिल बैंकका ५० जना सिनियर कर्मचारीले जागिर छोड्दै !

१८ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नबिल बैंकबाट ५० जना पुराना र सिनियर कर्मचारीहरुले जागिर छोड्ने भएका छन् । बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस)का लागि बैंकका ५० जना कर्मचारीहरुले आवेदन दिएका हुन् ।

तर, बैंकले ल्याएको यक्त योजनामा सोचेको भन्दा कम आवेदन परेपछि बैंकले भिआरएसको समय थप गर्ने भएको छ । यसअघि बैंकले भिआरएसका लागि मागेको आवेदनको मिति आइतबार सकिएको छ । तर, आवेदनमा कम सहभागिता भएपछि बैंकले आवेदनको समय थप एक हप्ताका लागि थप गर्ने भएको बैंक स्रोतले बताएको छ ।

‘हामीले मागेको भिआरएसको आवेदनमा कम्तिमा पनि १०० जना कर्मचारीले आवेदन दिन्छन् भन्ने लागेको थियो । तर, हालसम्म ५० जनाको हाराहारीमा मात्रै आवेदन परेको छ ।’, बैंकका एक उच्च अधिकारीले भने, ‘भिआरएसमा आवेदन दिने समय त आइतबार सकिएको हो तर थप १ हप्ता समय थप गर्न लागेका हौँ ।’

यसो त नबिल बैंकले यसअघि पनि २ पटक कर्मचारी कटौतीका लागि भिआरएस योजना ल्याइसकेको छ । तर, नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गरेपछि भने बैंकले पहिलो पटक भिआरएस योजना ल्याएको हो । समग्रमा यो नबिल बैंकले ल्याएको तेस्रो पटकको भिआरएस योजना हो । हाल नबिल बैंकमा ३४ सय कर्मचारी कार्यरत छन् । जसमा २४ सय कर्मचारी पेरोलमा रहेका छन् । हाल बैंकले ल्याएको भिआरएस योजनामा पुराना र सनियर कर्मचारीहरु रहेको बैंक स्रोतले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: