Skip to content
LAXMI SUNRISE BANK

सेयरधनी संघका अध्यक्ष नानीबाबु खरेललाई हृदयघात, अप्रेशनको तयारी !

अर्थ सरोकार

काठमाण्डौ । नेपाल सेयरधनी संघका अध्यक्ष नानीबाबु खरेल अस्पताल भर्ना भएका छन् । शनिबार विहान मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । शुक्रबार रातीदेखि छातीमा समस्या देखिएका उनलाई विहान दुखाईले बढी नै च्याप्न थालेपछि उनलाई गंगालाल हृदयरोग केन्द्र लागिएको थियो । अस्पतालले उनलाई अप्रेशनको तयारी गर्नुपर्ने भएकोले भर्ना नै गर्नुपर्ने भनेर अस्पतालमा भर्ना गरको छ ।

‘सामान्य खालको अट्याक हो भन्ने कुरा छ, अप्रेशनको मिति दिईएको छ । अहिले अस्पतालमै छु ।’ खरेलले अर्थ सरोकारसँग भने, ‘फोन चलाउनचाहिं दिएको छ । स्थिति अहिले अलि सामान्य छ । डाक्टरको सल्लाहबमोजिम आराम गरिरहेको छु ।’

खरेल ६३ वर्षका भए । शुक्रबारमात्र उनी अव सेयर लगानीकर्ताका पक्षमा आन्दोलन गर्नुपर्ने भन्दै भृकुटीमण्डपमा छलफलका लागि लगानीकर्तासँगै थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK