×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेले भन्यो – ‘राष्ट्र बैंककै कारण सेयर लगानीकर्ता डुबे, बजार सुधार्न यी काम तत्काल नगरे आन्दोलन हुन्छ’ (भिडियो)

PRIME CA

एमालेले भन्यो – ‘राष्ट्र बैंककै कारण सेयर लगानीकर्ता डुबे, बजार सुधार्न यी काम तत्काल नगरे आन्दोलन हुन्छ’ (भिडियो)

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपाल राष्ट्र बैंकले राखेको सेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल खारेज गर्नुपर्ने बताएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमालेको भ्रातृ संगठन नेपाल उध्योग तथा व्यवसायी महासंघले सेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको हो ।

 यस्तै एमालेले सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत बनाउनुपर्ने माग राखेको छ । नेपाल राष्ट्र बैंकको नीतिका कारण सेयर बजार ओरालो गतिमा लागेको भन्दै राष्ट्र बैंकले बजारमाथि निरन्तर प्रहार गरेको आरोपसमेत एमालेको छ ।

पत्रकार सम्मेलनमा महासंघले राष्ट्र बैंकको नीतिका कारण ५८ लाख लगानी कर्ताको खरबौंको सम्पत्तिमा क्षति पुगेको दाबी गरेको छ । एमालेको भातृ संगठनले उच्च ब्याजदरलाई तत्काल घटाउनुपर्ने, आयातमा गरिएको कडाई खुकुलो बनाउनुपर्ने, बजारमा मागको सृजना हुनेगरी नीति अघि सार्नुपर्ने मागहरुसमेत अगाडी सारेको छ ।

सरकार र गभर्नरबीच सम्बन्ध बिग्रेको निष्कर्ष निकाल्दै एमालेले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको सम्बन्धमा सुधार गर्नुपर्ने र व्यवसायीहरुलाई लगानी गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: