काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २७६ कम्पनीको ४० लाख ५३ हजार ३ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ३ करोड ८८ लाख ८८ हजार १ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिक्लेस हाइड्रोपावर, १०% प्राइम डेबेञ्चर २०८८, बुद्ध भुमि नेपाल हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड-२ र पिपुल्स पावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ३ करोड ८८ लाख ८८ हजार १ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा आइएमई लाइफ इन्स्योरेन्स, सिटी होटल, माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक र घोराही सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । लिबर्टी इनर्जी कम्पनीको सेयरमा यस्तो गिरावट आउँदा सिटी होटल, ग्रीन भेन्चर, कुथेली बुखरी स्माल हाइड्रोपावर र समलिंग पावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्