×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले थाल्यो नयाँ नोट वितरणको तयारी, यसवर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सयसम्म साट्न पाइने !

PRIME CA

राष्ट्र बैंकले थाल्यो नयाँ नोट वितरणको तयारी, यसवर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सयसम्म साट्न पाइने !

९ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको तयारी गरेको छ । राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै नयाँ नोट वितरणको तयारी गरेको हो ।

राष्ट्र बैंकले यस वर्ष पनि विगतका वर्षझैँ प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार घटस्थापना आसपासका दिनदेखि नै नयाँ नोट वितरण सुरु गरिनेछ ।

हाल यसवर्ष नयाँ नोट कति चाहिन्छ ? भन्ने विषयमा राष्ट्र बैंकको प्रादेशिक कार्यालय तथा नोट कोष सुविधा लिएका बैंकहरुमार्फत विवरण संकलन गर्ने काम भइरहेको छ । सम्पूर्ण विवरण संकलन भइसकेपछि आवश्यकता अनुसार नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसरी वितरण हुने नयाँ नोट ग्राहकहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट पनि सहजै रुपमा लिन पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: