×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदरमा एनआईसी एशियाले पनि मिच्यो राष्ट्र बैंकको नियम, राष्ट्र बैंक भन्छ- ‘कुरा गर्दैछौँ, सच्याएन भने कार्वाही हुन्छ…’

PRIME CA

ब्याजदरमा एनआईसी एशियाले पनि मिच्यो राष्ट्र बैंकको नियम, राष्ट्र बैंक भन्छ- ‘कुरा गर्दैछौँ, सच्याएन भने कार्वाही हुन्छ…’

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनआईसी एशिया बैंकले आइतबार सार्वजनिक गरेको असोज महिनामा लागू हुने ब्याजदर राष्ट्र बैंकको नीति विपरित भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन नं १५/०७९ मा सम्बन्धित वर्गका बैंकले प्रकाशित गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा ब्याज बढाउन नमिल्ने व्यवस्था छ । प्राइम कमर्सियल बैंक र एनआईसी एशिया बैंकले भने सो नियमविपरित ब्याज बढाएका छन् ।

भदौ महिनाको क वर्गका बैंकको बचत निक्षेपमा औसत ब्याजदर ५.५०४ प्रतिशत रहेको बैंकर्स संघको भनाई छ । यसमा १० प्रतिशतको क्यापको हिसाब गर्ने हो भने बैंकले ६.०५४ प्रतिशतभन्दा बढी ब्याज पुर्याउने काम नियम विपरित हुन्छ । तर, प्राइम कमर्सियल बैंक र एनआईसी एशिया बैंकले भने बचतमा ६.३५८ प्रतिशत ब्याज दिने सूचना जारी गरेका छन् ।

‘एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंकले प्रकाशित गरेका ब्याजदर राष्ट्र बैंकको नीति विपरित छ । दुई बैंकले ब्याजदर नसच्याउने हो भने सबै बैंकले ब्याज बढाएर पुन: प्रकाशन गर्ने डर हुन्छ ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘हामी दुवै बैंकसँग कुराकानी गर्दैछौँ । प्राइमले सच्याउन मानेको छ भने एनआईसी एशियाले ठुला कुरा गरिरहेको छ । राष्ट्र बैंकको स्ट्याण्ड राख्न पनि दुवै बैंकले ब्याजदर सच्याउन जरुरी छ ।’

यता अन्य केहि बैंकरहरुले पनि एनआईसी एशिया र प्राइम कमर्सियल बैंक लिमिटेडले सार्वजनिक गरेको ब्याजदर गलत भएको दाबी गरेका छन् । ‘एभरेज लोवेष्ट सेभिङ गत महिना ५.५०४ प्रतिशत छ । त्यसमा १० प्रतिशत बढाउन पाउने भन्ने थियो । जसको हिसाबले ६.०५४ प्रतिशतसम्म ब्याज हुन आउँछ । तर दुई बैंकले गलत गरे ।’ एक बैंकरले अर्थ सरोकारसँग भने, ‘दुई बैंकले ब्याजदर नसच्याए भोलि अरु बैंकले पनि ब्याज बढाउन सक्छन् ।’
ती बैंकरका अनुसार १ ० प्रतिशतसम्म ब्याज बढाउन मिल्ने सीमा अनुसार बैंकहरुले मुद्दती निक्षेपमा ११.३५८ प्रतिशत सम्म ब्याज दिन पाउने अवस्था हुन्छ ।तर मुद्दती र बचत खाताको ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी बनाउन पाइन्न । जसका कारण मुद्दती निक्षेपमा ब्याज ११.०५४ मात्र हुन मिल्छ । तर प्राइम र एनआईसी एशियाले भने मुद्दतीको ब्याज ११.३५८ प्रतिशत पुर्याएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: