×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो ! 

SAGARMATHA CEMENTS

काठमाडौं । नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ । राष्ट्र बैंकले करारमार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारीका लागि जागिर खुलाएको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सुरक्षातर्फ र टक्सार महाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी मागेको हो । 

राष्ट्र बैंकका अनुसार सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरिएको छ । त्यस्तै, केन्द्रीय कार्यालयका लागि १ जना पिपा माग गरिएको छ ।

त्यस्तै, टक्सार महाशाखाका लागि मेकानिकल इन्जिनियर (अधिकृत) १ जना, मेकानिकल ओभरसियर (सुपरभाइजर) २ जना, जुनियर आस्सेयर (सुपरभाइजर) १ जना, मूर्तिकला तथा चित्रकला (सुपरभाइजर) १ जना इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर (सुपरभाइजर) १ जना, मेकानिक (सहायक) ६ जना, प्रयोगशाला सहायक (सहायक) १ जना, पेन्टोग्राफ मेसिन अप्रेटर (सहायक) १ जना, फोर्कलिफ्ट हेभी इक्विपमेन्ट अपरेटर (चालक) जना करामा नियुक्ति गर्ने भएको हो ।

रोजगारीका लागि आवेदन दिने आवेदक ४५ वर्ष ननाघेको, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता हुने राष्ट्र बैंकले जनाएको छ । आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुवै वा अन्तर्वार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ । करार सम्झौताको अवधि ६ महिना हुने सूचनामा उल्लेख छ । परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रूपैयाँ लाग्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal