काठमाडौं । नेपाल धितोपत्र बोर्डले गैरआवसीय नेपाली (एनआरएन)लाई दोस्रो बजारमा प्रवेश गराउनका लागि मार्ग प्रशस्त गर्न अध्ययन प्रतिवेदन तयार गरेको छ । बोर्ड सदस्य सुजन कुमार काफ्लेको संयोजकत्वमा गठित अध्ययन समितिले एनआरएनलाई दोस्रो बजारमा लगानी गर्न बाटो खुलाउने सुझावसहितको अध्ययन प्रतिवेदन तयार गरेको हो ।
समितिले गैरआवसीय नेपालीलाई दोस्रो बजारमा भित्र्याउन गर्नुपर्ने नीतिगत परिवर्तन, राष्ट्र बैंक र नियामक नपाल धितोपत्र बोर्डले पूरा गर्नुपर्ने पक्रियागत सुझावलाई उक्त प्रतिवेदनमा उल्लेख गरेको छ ।
बोर्डले तयार गरेको उक्त अध्ययन प्रतिवेदनमा गैर आवसीय नेपालीहरुलाई दोस्रो बजारमा लगानी गर्नका लागि अलग्गै बैंक खाता खेल्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, प्रतिवेदनमा एनआरएनले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुनेगरी छुट्टै निर्देशन जारी गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।
त्यस्तै, धितोपत्र बोर्डले गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रकृयामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्ने र गैर आवासीय नेपालीले खरिद गर्न सक्ने–लगानी गर्न पाउने धितोपत्र÷क्षेत्र÷संख्या÷लगानीको सीमा रकम–अवधि सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने उल्लेख छ । यस्तो छ अध्ययन प्रतिवेदनः
NRN entry to secondary market study report
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्