×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गाँजा आऊ, अर्थतन्त्र बचाउ’ भन्दै प्रदर्शन… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘गाँजा आऊ, अर्थतन्त्र बचाउ’ भन्दै प्रदर्शन… (फोटो-कथा)

Artha Sarokar

७ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल फर्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाअभियान गाँजाको वैधता माग गर्दै आन्दोलनमा उत्रिएको छ । आइतबार काठमाडौंको माइतीघरमा उनीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सहभागीहरूले ‘गाँजा तत्काल वैध गर सरकार’, ‘घरघरमा रोजगार गाँजा नेपालको प्रथम व्यापार’, र ‘जनता होइन नेपालको जडीबुटीलाई बेच सरकार’ लगायतका ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए ।

सर्वोच्च अदालतमा गाँजालाई वैधानिकता दिन माग गर्दै दायर भएको मुद्दाको सुनुवाई बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको संघका केन्द्रीय अध्यक्ष रिगेन्द्र गिरीले बताएका छन् । अध्यक्ष गिरीले गाँजाचरेस विभिन्न रोगको उपचार गर्न प्रयोग हुने भएकाले औषधी उपचारको लागि प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

गाँजालाई वैधानिकता दिनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएकाहरुले गाँजा सबैभन्दा ठूलो औषधी भएको र गाँजाबाट उपयोगी तथा बहुमुल्य सामानको उत्पादन गर्न सकिने भन्दै गाँजा व्यवसायलाई वैधानिकता दिन माग गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी