×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

प्राइम कमर्सियल र एनआईसी एशियाले ब्याजदर नसच्याए अरु बैंकले पनि ब्याज बढाउने, बैंकहरु राष्ट्र बैंकको ‘भर्डिक्ट’ कुर्दै…

SAGARMATHA CEMENTS

काठमाडौँ।  प्रचलित नियम विपरित प्राइम कमर्सियल बैंक र एनआईसी एशिया बैंकले ब्याजदर प्रकाशन गरेको भन्दै राष्ट्र बैंकले उनीहरुलाई ब्याजदर सच्याउन नलगाए आफुहरुले पनि ब्याजदर बढाउने तयारी गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन नं १५/०७९ मा सम्बन्धित वर्गका बैंकले प्रकाशित गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा ब्याज बढाउन नमिल्ने व्यवस्थाविपरित प्राइम कमर्सियल बैंक र एनआईसी एशिया बैंकले ब्याजदर सार्वजनिक गरेको भन्दै अन्य बैंकले पनि ब्याजदर बढाउने तयारी गरेका हुन् ।

भदौ महिनाको क वर्गका बैंकको बचत निक्षेपमा औसत ब्याजदर ५.५०४ प्रतिशत रहेको बैंकर्स संघको भनाई छ । यसमा १० प्रतिशतको क्यापको हिसाब गर्ने हो भने बैंकले ६.०५४ प्रतिशतभन्दा बढी ब्याज पुर्याउने काम नियम विपरित हुन्छ । तर, प्राइम कमर्सियल बैंक र एनआईसी एशिया बैंकले भने बचतमा ६.३५८ प्रतिशत ब्याज दिने सूचना जारी गरेका छन् ।
‘नियम भनेको नियम हो, दुई बैंकलाई नियम नलाग्ने, अरु बैंकलाई लाग्ने भन्ने हुँदैन र हुनुहुँदैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक बैंकरले भने- ‘दुई बैंकलाई राष्ट्र बैंकले कारवाही पनि गर्दैन र दुई बैंकको ब्याजदर पनि घट्दैन भने हामी पनि ब्याजदर बढाउने निर्णय गर्छौं । राष्ट्र बैंकको नियम दुई बैंकले नमाने पनि हुने भन्ने हुँदैन ।’
प्रचलित व्यवस्था अनुसार प्राइम र एनआईसी एशियाले सार्वजनिक गरेको ब्याजदर गलत भएको दाबी ती बैंकरको छ । ‘एभरेज लोवेष्ट सेभिङ गत महिना ५.५०४ प्रतिशत छ । त्यसमा १० प्रतिशत बढाउन पाउने भन्ने थियो । जसको हिसाबले ६.०५४ प्रतिशतसम्म ब्याज हुन आउँछ । तर दुई बैंकले गलत गरे ।’दुई बैंकले ब्याजदर नसच्याए भोलि अरु बैंकले पनि ब्याज बढाउन सक्छन् । हामी पनि तयारीमा छौँ ।’
ती बैंकरका अनुसार १ ० प्रतिशतसम्म ब्याज बढाउन मिल्ने सीमा अनुसार बैंकहरुले मुद्दती निक्षेपमा ११.३५८ प्रतिशत सम्म ब्याज दिन पाउने अवस्था हुन्छ ।तर मुद्दती र बचत खाताको ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी बनाउन पाइन्न । जसका कारण मुद्दती निक्षेपमा ब्याज ११.०५४ मात्र हुन मिल्छ । तर प्राइम र एनआईसी एशियाले भने मुद्दतीको ब्याज ११.३५८ प्रतिशत पुर्याएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal