×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हाइड्रो सेक्टर अब तत्काल चल्दैन, बियरिस लम्बिन सक्छ, सेयर बजारमा घाटा पनि हुन्छ भन्ने नै लगानीकर्ताले सिकेनन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘हाइड्रो सेक्टर अब तत्काल चल्दैन, बियरिस लम्बिन सक्छ, सेयर बजारमा घाटा पनि हुन्छ भन्ने नै लगानीकर्ताले सिकेनन्’

Artha Sarokar

२१ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेयर बजारका लगानीकर्ता राजु पौडेलले बजारको बियरिस अझै लम्बिन सक्ने बताएका छन् । अर्थ सरोकार डटकमको नियमित प्रस्तुती ‘मार्केट टक’मा बोल्दै लगानीकर्ता पौडेलले यस्तो बताएका हुन् ।

‘बियरिस चक्रका बारेमा ज्ञान नहुने लगानीकर्ताहरु अहिले धेरै आत्तिने गरेका छन् । तर, पूराना लगानीकर्ताले यसलाई बजारको नियमित प्रक्रियाका रुपमा मात्रै लिने गरेका छन् ।’, लगानीकर्ता पौडेलले भने, ‘विगतमा पनि बियरिस निकै लामो समयसम्म चलेको थियो । अहिले त भर्खर २ वर्ष पुग्दैछ । यो बियरिस त अझै लम्बिन सक्छ ।’ यस्तै, लगानीकर्ता पौडेलले आज लगानी गरेर भोली नै ‘प्रोफिट’ खोज्ने बानी ठिक नभएकोसमेत बताएका छन् ।

त्यस्तै, उनले अहिलेको बजार ट्रेडिङका लागि सही नभएको तर्क गरेका छन् । ट्रेडिङका लागि बजार ‘अप ट्रेण्ड’ हुनुपर्ने भए पनि अहिले बजार सो अवस्थामा नभएकाले हालको अवस्थामा ट्रेडिङ गर्नु ठिक नभएको उनको तर्क छ । योसँगै लगानीकर्ता पौडेलले हाइड्रो अब तत्काल नचल्ने दाबीसमेत गरेका छन् । हाल हाइड्रोमा अत्याधिक सप्लाई आएकोले यसले हाइड्रोमा जोखिम बढाएको पौडेलको तर्क रहेको छ । लगानीकर्ता पौडेलसँग गरिएको संवादको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी