×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नियामकको संरक्षणमा तामाकोशी हाइड्रोपावरले जनता लुटिरहेछ, कुथलीको कर्नरिङ स्वभाविक’- रामहरि नेपाल

PRIME CA

‘नियामकको संरक्षणमा तामाकोशी हाइड्रोपावरले जनता लुटिरहेछ, कुथलीको कर्नरिङ स्वभाविक’- रामहरि नेपाल

२१ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेयर लगानीकर्ता रामहरि नेपालले नियामक निकायको संरक्षमा तामाकोशी हाइड्रोपावरले जनता लुटिरहेको बताएका छन् । अर्थ सरोकार डटकमको नियमित प्रस्तुती ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् । राईट सेयरका नाममा तामाकोशीले घाटामाथी पुनः जनताबाट रकम उठाउनु लाजमर्दो कुरा भएको पनि नेपालले बताएका छन् ।

त्यस्तै, लगानीकर्ता नेपालले पछिल्लो समय निकै चर्चा कमाएको कुथली बुखरी स्मल हाइड्रोपावरको कर्नरिङ स्वभाविक भएको बताएका छन् । ‘यो कर्नरिङ भनेको प्रश्नपत्र आउट भनेजस्तै हो । यसमा कर्नरिङ गर्छु भनेर होइन, स्वभाविक रुपमा हुन्छ । जम्मा १२ लाख कित्ताको कम्पनी, जसमध्ये १० प्रतिशत अर्थात १ लाख २० हजार कित्ता सेयर ट्रेडिङका उपलब्ध छ । अब त्यो १ लाख २० हजार कित्ता सेयर त पाँच जनाको ग्रुपले नै कब्जा गरिदिन्छ नि ।’, उनले भने, ‘त्यसैले कुथेलीको कर्नरिङ स्वभाविक हो । फन्डामेन्टल्ली कम्पनी राम्रै हो तर कित्ता संख्या हेर्दा यसलाई जति पनि पुर्याउन सकिन्छ भन्ने देखिन्छ । यस्ता कुरामा लगानीकर्ता आफै सचेत हुनुपर्छ ।’

यता नेपालले हाल बजार साइडवेजमा भएको बताएका छन् । पछिल्लो करिब १ वर्षदेखि बजार १८ सय देखि दुई हजारको आसपासमा घुमिरहेकाले हाल बजार वियरिस भन्दा पनि साइडवेजमा रहेको उनको भनाई छ । योसँगै नेपालले अब बजार पुनः वियरिसको तल्लो बिन्दु १८ सयमा पुगेर राम्रै डिमान्ट क्रियट हुने बताएका छन् । लगानीकर्ता रामहरिसँग गरिएको संवादको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: