काठमाडौँ । ब्रोकर संघका अध्यक्षलाई नेपाल धितोपत्र बोर्डका अध्यक्षले मञ्चबाटै थर्काएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष हमालले आफुहरुले बैठकका क्रममा बोलेका कुराहरु संघले आफ्ना सदस्यहरुलाई नभनेको भन्दै ब्रोकर संघका अध्यक्षलाई मञ्चबाटै थर्काएका हुन् ।
अध्यक्ष हमालले ब्रोकर कमिसन घटाउने कुरामा आफुहरुले बैठकमा पहिला धितोपत्र बोर्डको कमिसन घटाउने अनि मात्र ब्रोकर कमिसन घटाउने लगायतका भनेका कुराहरुलाई ब्रोकर संघका अध्यक्षले गोप्य राखेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । आफ्नो मन्तव्यका क्रममा उनले राजकुमार तिमिल्सिनाको नाम नै लिएर, तिमिल्सीनालाई बोर्ड र संघबीच भएको बैठकका कुराकानी थाहा नभएको भन्दै आक्रोश पोखेका हुन् ।
यता कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष हमालले बोर्ड मार्जिङ ट्रेडिङ सम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेकोसमेत बताएका छन् । ‘केही दिनमा मै ब्रोकर मार्फत प्रवाह हुने मार्जिन ट्रेडिङ सम्बन्धी नीति कार्यान्वयनमा आउँछ । हामीले क्यालेनडर नै बनाएर काम गरिरहेका छौं ।’ कार्यक्रममा बोल्दै उनले भने ।
कार्यक्रममा बोल्दै हमालले बोर्डले हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकहरुको छुट्टै योग्यता तोक्न लागेको, ‘इन्ट्रा डे ट्रेडिङ’ सञ्चालनमा ल्याउन लागेको, हकप्रद सेयर बारे पनि नयाँ नियम ल्याउने तयारी गरिरहेको, १० कित्ते नीतिमा पुनरावलोकन गर्न लागेको लगायतका तथ्यहरु पनि सार्वजनिक गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्