काठमाडौं । चाडपर्वको मुखमा कालोबजारी गर्ने काठमाडौंको सबैभन्दा ठूलो गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरिएको छ । सोमबार वाणिज्य विभागले चिनीको कालोबजारी गरेको आरोपमा कुलेश्वसस्थित उक्त गोदाम सिल गरेको हो ।
अनुगमनका क्रममा गोदाममा लेबल अस्पष्ट भएको चिनीको कृतिम भण्डारण गरेर राखिएको पाइएपछि गृहेश्वरी ट्रेडलिंकको उक्त गोदाम सिल गरिएको हो । हाल उक्त गोदामको चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ । उक्त गोदाममा करिब ७० हजार किलो चिनी भण्डारण गरेर राखिएको अवस्थामा भेटिएको विभागले जनाएको छ ।
यसो त व्यवसायी सन्तोष खेतानको उक्त फर्मले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा चिनी खरिद गरी कृतिम भण्डारण गर्ने र चाडवाडको समयमा महँगोमा बिक्री गर्ने गरेको पनि पाइएको छ ।
यतिसम्म कि खेतानको उक्त फर्मले व्यवसायीहरुलाई प्रतिकिलो १२७ रुपैयाँ होलसेलमा चिनी बिक्री गरेर १ सय ५ रुपैयाँको मात्रै बिल दिने गरेकोसमेत पाइएको छ । उक्त विषयमा यसअघि नै विभागमा उजुरी परेको विभागका एक अधिकारीले बताएका छन् । ती अधिकारीका आधारमा उक्त फर्मविरुद्ध विभागमा परेको उजुरी र सूचनाका आधारमा अनुगमन गर्दा चिनीको कृतिम भण्डारण गरेको पाइएको हो ।
खेतानको उक्त गोदामबाट ठूलो परिमाणमा भण्डारण गरेर राखिएको दाल पनि बरामद गरिएको छ । उक्त विषयमा थप अनुसन्धान भईरहेको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्