×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजारमा कारोबार गरेको १ घण्टामै राफसाफ हुने !

PRIME CA
GLOBAL IME BANK

भारतीय सेयर बजारमा कारोबार गरेको १ घण्टामै राफसाफ हुने !

२१ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतीय सेयर बजारमा कारोबार गरेको १ घण्टामै राफसाफ हुने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया’ (सेबी)ले यस्तो व्यवस्था गर्न लागेको हो ।

सेबीले आगामी मार्चदेखि भारतीय सेयर बजारमा यो व्यवस्था लागू गर्ने भएको छ । यो व्यवस्था लागू भएसँगै लगानीकर्ताले कुनै पनि सेयर खरिदबिक्री गरेको एक घण्टामै राफसाफ हुनेछ । सन् २०२४ को मार्चदेखि १ घण्टाभित्रै कारोबार राफसाफ गर्ने सिस्टम लागू गर्ने र सोही वर्षको अक्टोबर महिनादेखि सेयर खरिदबिक्री गर्नसाथ तत्काल राफसाफ गर्ने प्रणालीको सुरुवात गर्ने तयारी गरेकोे सेबीले जनाएको छ ।

यो व्यवस्था लागू गर्नका लागि आगामी डिसेम्बरदेखि पाइलट टेस्टिङ सुरु गरिनेछ । त्यस्तै, तत्काल राफसाफ गर्ने प्रणालीमा अघि बढ्न सेबीले ब्रोकर र क्लियरिङ कर्पोरेसनसँग कारोबार गर्ने प्रणालीलाई पनि सुदृढ गर्ने भएको छ । सेबीले धितोपत्र लगायत लगानी उपकरणहरुको ‘मिस-सेलिङ’ रोक्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसअघि कारोबार राफसाफ अवधि ‘टी प्लस वान’ मा झार्ने भारत विश्वको पहिलो देश बनेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: