×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्ड, नेप्से, सीडिएससी र ब्रोकर कमिसन घटाउँदै सेबोन, पूराना ब्रोकरहरुले राखे ‘एडभाइजरी सेवा’मा सहजताको सर्त !

अर्थ सरोकार

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार

PRIME CA

बोर्ड, नेप्से, सीडिएससी र ब्रोकर कमिसन घटाउँदै सेबोन, पूराना ब्रोकरहरुले राखे ‘एडभाइजरी सेवा’मा सहजताको सर्त !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कमिसन पुन: घटाउने भएको छ । बोर्ड अध्यक्ष रमेश कुमार हमालको विशेष पहलमा बोर्डले यस्तो निर्णय गर्न लागेको हो । यसका लागि बोर्ड अध्यक्ष हमालले विभिन्न सरोकारवालाहरुसँग छलफल गरेका छन् । यो निर्णयमा पूराना सेयर ब्रोकरहरुले पनि असन्तुष्टी जनाएका छन् ।
बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएको थियो । कमिसन घटेपछि माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम भएको थियो । अहिले बोर्डले माथिल्लो सिमा ०.३० रहनेगरी र तल्लो सिमा ०.२५ रहनेगरी  कमिसन घटाउन लागेको हो ।
पूराना ब्रोकरहरुले राखे यस्तो सर्त !
यता यस विषयमा पूराना ब्रोकरहरुले भने विमति जनाएका छन् । नयाँ ब्रोकर आएपछि यसै चिडिएका उनीहरु पुन: ब्रोकर कमिसन घटाउने विषयमा बोर्डसँग असन्तुष्ट देखिएका हुन् । ‘कि बोर्डले पाउने कमिसन, नेप्सेले पाउने कमिसन, सीडिएससीले लिने कमिसन सबै घटाउनुपर्यो । होइन भने ब्रोकरहरुलाई मात्र घाटा हुने काम गर्नु भएन ।’ छलफलका क्रममा पूराना ब्रोकरहरुले धितोपत्र बोर्डका अध्यक्षलाई भनेका छन्- ‘बरु एडभाईजरी सेवा सजिलै दिनेगरी व्यवस्था गरिदिनुपर्यो । सधैं हामी पूरानालाई मात्र घाटा हुने काम गर्नुभएन ।’ अहिलेकै कमिसनले पनि ब्रोकर हाउसहरु चल्न सक्ने अवस्थामा नरहेको ब्रोकरहरुको दाबी छ । यता धितोपत्र बोर्ड स्वयम् पनि बोर्ड र नेप्सेले पाउने कमिसन पनि घटाउने सुरसारमा छन् । थोरै भए पनि सबैको कमिसन घटाएर लगानीकर्तालाई राहत दिने पक्षमा उनी छन् ।
अहिलेको व्यवस्था अनुसार लगानीकर्ताहरुले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन तिरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: