×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान दिवसः राष्ट्रिय झण्डासँग सेल्फी खिच्नेहरुको घुइँचो (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार

PRIME CA

संविधान दिवसः राष्ट्रिय झण्डासँग सेल्फी खिच्नेहरुको घुइँचो (फोटो-कथा)

काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेद्धारा ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रमको अयोजना गरिएको छ । बुधबार (असोज ३) गते काठमाडौंका नारायण चौरमा एमालेले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बुधबार बिहानैदेखि राष्ट्रिय झण्डसँ सेल्फी खिचाउनेहरुको घुँइचो लागेको थियो । हातमा चन्द्र–सूर्य अंकित नेपालको राष्ट्रिय झण्डासहित ठूलो भीड कार्यक्रममा सहभागी भएको थियो । कार्यक्रममा सयौँको संख्यामा उपस्थिति युवायुवतीहरुसँगै एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पनि राष्ट्रिय झण्डासँग सेल्फी खिचाएका छन् ।

कार्यक्रमस्थल नारायणचौर क्षेत्र वरिपरी नेपलाको झण्डा राखिएका छन् भने ठूलो आकारको चुच्चे नक्सा पनि राखिएको छ । यसका साथै राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरु पनि राखिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: