×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार खारेज गरौँ’ भनेर संसदले बोल्दा पनि प्रतिकार गर्न नसक्ने ‘झोले संगठनहरु’ खारेज किन नगर्ने ? (सम्पादकीय)

अर्थ सरोकार

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार

PRIME CA

‘सेयर बजार खारेज गरौँ’ भनेर संसदले बोल्दा पनि प्रतिकार गर्न नसक्ने ‘झोले संगठनहरु’ खारेज किन नगर्ने ? (सम्पादकीय)

काठमाडौँ । संसदमा सांसद प्रेम सुवालले सेयर बजार खारेज गरौँ भन्ने अभिव्यक्ति दिए । यहि अभिव्यक्तिका कारण यतिबेला सेयर बजार तातेको छ । नयाँ लगानीकर्ताहरु थप ‘प्यानिक’ भएका छन् । सेयर बजारमा प्रवेश गर्न खोजेकाहरु रोकिएका छन् । लगानीकर्ताका अभिभावकहरु पनि झस्किएका छन् । अझ केहि नयाँ लगानीकर्ता त ‘संसदमै कुरा उठिसक्यो, अवको भविष्य केहि छैन’ भनेर तनावमा छन् । तर एउटा जिम्मेवार सांसदले यस्तो तथ्य बोलिरहँदा आफुहरुलाई लगानीकर्ताका पक्षमा बोल्छौँ भन्ने संगठनहरु पनि चुप छन् ।
संसदमा प्रेम सुवालले सेयर बजार खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति दिईरहँदा सेयर लगानीकर्ताका संगठन हौँ भन्नेहरुमध्ये कोहि पनि बोलेका छैनन् । अहिले ७ वटा सेयर लगानीकर्ताका संगठन हौँ भन्ने संगठनहरु छन् । सुवालको बोलीमा सबै चुप छन् ।
यस विषयमा सेयर ब्रोकर एसोसिएसन पनि चुप छ । सेयर ब्रोकरको लाइसेन्स पाएर कारोबार गरिरहेका नयाँ र पूराना ब्रोकरका कुनै संगठनहरु पनि यस विषयमा बोलिरहेका छैनन् । यसको अर्थ कतै उनीहरु पनि बजारलाई थप प्यानिक बनाएर आफ्नो दुनो सोझ्याउने दाउमा छन् भन्ने शंका गर्ने ठाउँ छ ।
अभिभावकका हिसाबले यस विषयमा धितोपत्र बोर्ड पनि बोल्नुपर्ने हो । तर स्वयम् बोर्ड राजनीतिक व्यक्तिहरुसँग ‘टसल’ गर्ने मुडमा देखिंदैन । बोर्ड यो काम लगानीकर्ताका संगठनहरुले गरिदिए हुन्थ्यो भन्ने बुझाईमा छ । यस्तो प्रकरणमा अन्य सरोकारवालाहरु पनि बोलिरहेका छैनन् ।
संसद भनेको जनताको आवाज बोल्ने ठाउँ हो । नेताले अन्त बोल्नु र संसदमा बोल्नुले पनि खास अर्थ राख्दछ । सेयर बजारका लागि राम्रो गर्छु भन्नेहरु पनि संसदमा यस विषयमा बोलिरहेका छैनन् । कहिले सेयर बजार बन्द गर्नुपर्छ भन्ने आवाज उठ्ने, कहिले स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ भनेर आवाज उठ्ने, कहिले सेयर बजारका विषयमा अफवाहहरु फैलाउने कामले सेयर बजारलाई हित गर्दैन, गरिरहेको छैन । तर यस विषयमा को बोल्ने ? कसले बोल्ने ?
यहाँ एउटा संसदले के बोल्यो भन्दा पनि उसको बोलीले बजारलाई कति नकारात्मक असर गर्यो भन्ने कुरा महत्वपूर्ण छ । यस्तो गम्भीर समयमा, र गम्भीर विषयमा पनि बोल्न नसक्ने लगानीकर्ताका संगठन भनिएकाहरु ‘झोले संगठन’ बाहेक अरु हुनै सक्दैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: