काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७० कम्पनीको ३४ लाख ३२ हजार २ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड २८ लाख ८४ हजार ३२ रुपैयाँ ५० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा दोल्ति पावर कम्पनी, ग्रिन भेन्चर, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त र अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड २८ लाख ८४ हजार ३२ रुपैयाँ ५० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक, सोल्टी होटल, एनआइसी एशिया बैंक र एभरेस्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको हो । लिबर्टी इनर्जी कम्पनीको सेयरमा यस्तो गिरावट आउँदा कुमारी धनवृद्धि योजना, सिक्लेस हाइड्रोपावर, आरबिबि म्युचुअल फण्ड-२ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्