काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७७ कम्पनीको २४ लाख ८० हजार ९ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड प्रमोटरको भएको छ । यस कम्पनीको ७ करोड ५८ लाख ९७ हजार ७ सय ९३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा नेरुडे लघुवित्त वित्तिय संस्था, इङ्गवा हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड प्रमोटरको भएको छ । यस कम्पनीको ७ करोड ५८ लाख ९७ हजार ७ सय ९३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा साल्ट ट्रेडिङ कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट, एभरेस्ट बैंक र लक्ष्मी सनराइज बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा आरबिबि म्युचुअल फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमा नेगटिभ सर्किट लागेको हो । आरबिबि म्युचुअल फण्ड-२ को सेयरमा यस्तो गिरावट आउँदा आशा लघुवित्त,आत्मनिर्भर लघुवित्त, बाराही हाइड्रोपावर र न्यादी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्