×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘सिक्का’ सार्वजनिक 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘सिक्का’ सार्वजनिक 

Artha Sarokar

७ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । आइतबार बबरमहलस्थित टक्सार महाशाखामा आयोजित एक कार्यक्रमकाबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । 

योसँगै १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका ‘मेडालियन सिक्का’ टकमरी गरी बिक्री सुरु गरिएको टक्सार महाशाखाले जनाएको छ । महाशाखाका अनुसार १० ग्राम सिक्काको रु. १६ सय र २५ ग्राम सिक्काको मूल्य रु. ४ हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी ‘मेलालियन सिक्का’ टकमरी गरिएको महाशाखाले जनाएको छ । 

दुवै किसिमका ‘मेडालियन सिक्का’मा ९ सय ९९ टचको चाँदीको प्रयोग भएको महाशाखाले जनाएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन सिक्का’ भनिन्छ ।

सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका ‘मेडालियन सिक्का’को टकमरी गर्न स्वीकृति दिएको थियो । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी