×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक आन्दोलनले विद्यालय बन्द हुँदा विद्यार्थी अन्योलमा (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

शिक्षक आन्दोलनले विद्यालय बन्द हुँदा विद्यार्थी अन्योलमा (फोटो-कथा)

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिक्षक आन्दोलनका कारण देशभर अधिकांश विद्यार्थीहरु विद्यालय पुगेर फर्किन बाध्य भएका छन् । शिक्षकहरुको काठमाडौं केन्द्रित सडक आन्दोलनकाबीच विद्यालय खुला पो छ कि ? भनेर विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय बन्द भएपछि फर्किन बाध्य भएका हुन् । विद्यालय बन्दको जानकारी विद्यार्थीलाई नभएपछि विद्यार्थीहरु विद्यालयसम्म पुगेका हुन् ।

यसो त शिक्षकहरुले असोज ३ गतेदेखि नै देशभरका विद्यालय अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए । तर, विद्यालय बन्दको आधिकारिक जानकारी विद्यार्थीले नपाएपछि विद्यार्थी अन्योलमा परेका हुन् ।

पठनपाठन हुन्छ भनेर विद्यालयसम्म पुगेका विद्यार्थीहरु विद्यालय बन्द भएपछि निराश हुँदै फर्किएका छन् । शिक्षकहरुको आन्दोलनका कारण आफूहरुले पढ्न नपाएको भन्दै विद्यार्थीहरुले आक्रोश पोखिरहेका छन् । यसो त विद्यालय बन्द भएको समयलाई अन्य विदामा मिलान गरी पठनपाठन गर्ने शिक्षकहरुले बताए पनि आफ्ना लागि विद्यार्थीको विदा कटौती गर्नु गलत भएको विद्यार्थीहरुको तर्क छ । अहिले पनि देशभरका अधिकांश विद्यालयका विद्यार्थीहरु विद्यालय पुगेर फर्किरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: