×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘साइडवेज’ बजारमा होटल सेक्टरमाचाहिँ कसरी आयो ‘र्याली’ ? होटलको भाउ अझै बढ्छ वा ‘होटलको बुल’ सकियो…? 

SAGARMATHA CEMENTS
काठमाडौँ । सेयर बजार विश्लेषक सुबास चन्द्र ढुंगानाले लामो साइडवेजको बजारमा होटल सेक्टरमा र्याली आउनुको मुख्य कारण भनेको अघिल्लो बुल बजारमा होटल सेक्टर नचल्नु, कम चल्नु वा होटल सेक्टरमा लगानी गरेकाहरुले कमाउन नसक्नु रहेको बताएका छन् । अर्थ सरोकार डटकमको नियमित प्रस्तुती ‘मार्केट टक’मा बोल्दै उनले होटल सेक्टरको बुल सकियो भन्नु तर्कसंगत नरहेकोसमेत दाबी गरेका छन् ।
‘अघिल्लो बुलमा होटल सेक्टर चलेन । यसको मतलव होटल सेक्टरमा लगानी गर्नेहरुले कमाएनन् । सोहि कारण पनि यसमा बढी सप्लाई आएन ।’ ढुंगानाले अर्थ सरोकारसँग भने,’अघिल्लो बुलमा पनि यो सेक्टर चल्नुपर्नेजति चलेको थिएन । सेयरको भाउ बढ्दै जाँदा सप्लाई नआएपछि अझै बढ्यो ।’
उनले होटल सेक्टरको समय सकियो भन्नु तर्कसंगत नरहेको दाबी गरे । ‘होटल सेक्टरको बुलचाहिं सकिएको हो कि के हो ?’ भन्ने अर्थ सरोकारको प्रश्नमा उनले होटल सेक्टर अझै पनि माथि जाने सम्भावना बोकेको सेक्टर भएको दाबी गरे । ‘साइडवेजको बजारमा कुनै सेक्टर माथि गयो भन्दैमा, अर्को बुल आउँदै गर्दा सो सेक्टरमा सेयरको भाउ घट्छ भन्नु तर्कसंगत होइन । पूरा बजार माथि जाँदै गर्दा यो सेक्टर पनि थप माथि जान सक्छ । अघिल्लो बुल वा बियरमा सार्है ‘डोमिनेट’ गरिएको सेक्टरले अर्को पटक मार्केट लिड गर्ने कुरा सामान्य पनि हो ।’ उनले भने ।
साथै ढुंगानाले अहिलेको बजार बियरिस नभई साइडवेज भएकोसमेत बताएका छन् । ‘अहिलेको बजार साइडवेज हो । हामी निरन्तर ६२ हप्तादेखि नै साइडवेजमा छौँ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘यो लामो साइडवेज पक्कै हो । बिगतमा यति लामो साइडवेज आएपछि बजारले बुलिस लय समातेको इतिहास छ । यसपाली पनि त्यस्तै संकेत नहोला भन्न सकिन्न ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal