Skip to content
LAXMI SUNRISE BANK

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

अर्थ सरोकार

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । सोमबार बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले पुष्टि गरेका छन् ।

नेम्वाङको निधनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका शीर्ष नेताहरू अहिले शिक्षण अस्पताल पुगेका थिए । उनको पार्थिव शरीर पार्टी कार्यलय च्यासलमा राखिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK