Skip to content
LAXMI SUNRISE BANK

शौचालयमा बेहोस भएपछि अस्पताल पुर्याइएका नेम्वाङको बीचबाटोमै निधन, सोमबारदेखि नै थियो ज्वरो !

अर्थ सरोकार

काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । सोमबार राति शौचालयमा बेहोस अवस्थामा भेटिएका नेम्वाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको हो ।

बालुवाटारस्थित निवासमा रहेका नेम्वाङ राति १ बजे शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए । त्यसलगत्तै उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको नेम्वाङको निधन भएको परिवार स्रोतले बताएको छ ।

‘रातिको १ बजेतिर उहाँ बेहोस भेटिनुभएको थियो । तत्कालै हामीले उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याएका थियौँ ।’, परिवार स्रोतले भन्यो, ‘तर, उहाँको बाटोमै निधन भईसकेको थियो ।’

त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार नेम्वाङलाई रातिको १ः५० बजे अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुग्दासम्म नेम्वाङको निधन भईसकेको अस्पताल स्रोतले पुष्टि गरेको छ । ‘उहाँलाई १ः५० मा अस्पताल ल्याईपुर्याइएको थियो । अस्पताल ल्याउने बित्तिकै हामीले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थियौँ । तर, केही पनि चलेको थिएन ।’, अस्पताल स्रोतले भन्यो, ‘चिकित्सकहरुले जाँच गरेपछि मृत घोषणा गरिएको हो । उहाँको अस्पताल आउनुअघि नै निधन भइसकेको थियो ।’

यसो त परिवार स्रोतका अनुसार राति शौचालयमा बेहोस भेटिएका नेम्वाङलाई सोमबारदेखि नै ज्वरो आएको थियो । ज्वरो आएपछि नेम्वाङ सोमबार घरमै आराम गरेर बसेका थिए । नेम्वाङलाई ज्वरो आएपछि उनको स्थास्थ्य परीक्षण गर्न डाक्टर नेम्वाङको निवासमै पुगेका थिए । सोमबार साँझसम्म नेम्वाङलाई १०२ डिग्रीको ज्वरो आएको थियो । स्वास्थ्य परीक्षणपछि डाक्टरले अस्ताल जानुनपर्ने भनेपछि उनी घरमै आराम गरेको थिए ।

हाल नेम्वाङको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने तयारी गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK