काठमाडौं । नेपाली राजनीति वृत्तमा निकै शालीन नेताका रुपमा परिचित नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले पूरै देश स्तब्ध बनेको छ ।
संविधान सभा अध्यक्षसमेत रहेका नेता नेम्वाङको सोमबार राती निधन भएको हो । बालुवाटारस्थिति निवासको शौचालयमा बेहोस भेटिएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको हो । सोमबार राती १ः५० बजे अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
नेम्वाङको निधनको खबरसँगै अहिले नेपाली राजनीति वृत्तसँगै सम्पूर्ण मुलुक नै स्तब्ध बनेको छ । उनको निधनप्रति सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् आम नागरिकले दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् । नेम्वाङको निधनपछि बुधबार शोक बिदा दिने तयारीसमेत गरिएको बुझिएको छ ।
हाल दिवंगत नेम्वाङलाई श्रद्धान्जली दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका विभिन्न दलका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेका छन् । नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्