×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेम्वाङको निधनमा स्तब्ध देश, १० तस्विरमा हेर्नुहोस् नेम्वाङ विदाईका नमिठा पल… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार

PRIME CA

नेम्वाङको निधनमा स्तब्ध देश, १० तस्विरमा हेर्नुहोस् नेम्वाङ विदाईका नमिठा पल… (फोटो-कथा)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । सोमबार राति आफ्नै निवासको शौचालयमा बेहोस् भेटिएका नेम्वाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको हो । नेम्वाङको निधनपछि अहिले राजनीति वृत्तसँगै सम्पूर्ण देश स्तब्ध बनेको छ ।

नेम्वाङको निधनपछि अहिले विभिन्न दलका शीर्ष नेताहरु दिवंगत नेम्वाङलाई श्रद्धान्जली दिन त्रिवि शिक्षण अस्पताल पुगेका छन् । शिक्षण अस्पताल पुगेका नेताहरु कतिपय कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको भन्दै भावविहल भएका छन् भने कतिपय नेता नेपाली राजनीतिको मियो ढलेको भन्दै स्तब्ध बनेका छन् ।

अहिले शिक्षण अस्पतालमा नेता मात्र होइन, विभिन्न दलका कार्यकर्ताहरुको पनि भीड लागेको छ । श्रद्धान्जलीका कारण नेम्वाङको पार्थिव शरीर च्यासलस्थित पार्टी कार्यालयमा राख्ने तयारी गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: