×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन हुने, चिनी ९७ रुपैयाँमै पाइने, नुनदेखि मासुसम्म छुट !

PRIME CA

असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन हुने, चिनी ९७ रुपैयाँमै पाइने, नुनदेखि मासुसम्म छुट !

१० आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारले असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । दशैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि देशभरका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । 

यसरी उपभोक्ताको सहजताका लागि भन्दै सरकारले सञ्चालन गर्न लागेको सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाइनेछ । हाल व्यापारीहरुले चाडपर्वलाई लक्षित गर्दै चिनीको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुर्याए पनि सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा भने चिनी प्रतिकिलो ९७ रुपैयाँमै पाइने भएको छ । चाडवाडका समयमा हुने कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रणका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार खासगरी दशैँ, तिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरिने भएको हो । असोज २१ गतेदेखि सञ्चालनमा आउने सुपथ मूल्य पसल मंसिर ३ गतेसम्म सञ्चालन हुनेछन् । 

यसरी सञ्चालनमा आउने सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपभोक्तालाई चिनी प्रतिकिलो ९७ रुपैयाँ, नुनमा प्रतिकिलो २ रुपैयाँ छुट, तेलमा प्रतिलिटर ७ र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुटमा बिक्री गर्नेछ । त्यस्तै, सुपथ मूल्य पसलमा कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कगुनोमा प्रतिकिलो १० रुपैयाँ छुट मिल्नेछ । 

त्यस्तै, सुपथ मूल्य पसलबाट बिक्री हुने जिउँदो खसीबोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट मिल्नेछ भने घिउ तथा पनिरमा पनि छुट उपलब्ध गराइनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: