×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक आन्दोलनको फरक रुप, बानेश्वरदेखि माइतीघरसम्म आन्दोलनरत शिक्षकहरू सडकमै सुते…(फोटो-कथा) 

PRIME CA

शिक्षक आन्दोलनको फरक रुप, बानेश्वरदेखि माइतीघरसम्म आन्दोलनरत शिक्षकहरू सडकमै सुते…(फोटो-कथा) 

८ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको सडक आन्दोलनको स्वरुप सोमबार फरक देखिएको छ । सरकारसँगको वार्तापछि पनि असन्तुष्ट राहत तथा पेन्सन बञ्चित शिक्षकहरूले सोमबार काठमाडौंको बिजुली बजारदेखि माइतीघर मण्डलासम्म सडकमै सुतेर प्रदर्शन गरेका हुन् । 

असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको वार्ताले आम शिक्षक कर्मचारीको मानमर्दन गरेको भन्दै अहिले राहत र पेन्सन बञ्चित शिक्षकहरू आन्दोलनरत छन् । 

सोही क्रममा उनीहरूले सोमबार सडकमै सुतेर प्रदर्शन गरेका छन् । राहत शिक्षक र पेन्सन बञ्चित शिक्षकहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने शिक्षकहरूले चेतावनी दिएका छन् । शिक्षकहरूको उक्त आन्दोलनको नेतृत्व नेपाल राहत शिक्षक केन्द्रीय समितिले गरेको छ भने उक्त आन्दोलनमा पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले ऐक्यबद्धता जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: